बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशिल खड्का फराकिलो मतान्तरसहित अग्रता कायमै रहेको छ ।
हाल सम्म गणना गरिएको जम्मा ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका भिम श्रीसलाई ७ हजार ४२ मतले पछाडि पार्नुभएको छ । खड्काले १५ हजार २११ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै नेपाली कांग्रेसका श्रीसले ८ हजार १६९ मत प्राप्त गर्नुभएको छ । यस्तै हिरा बहादुर केसीले ७ हजार १८३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राजमोका कृष्ण अधिकारीले तीन हजार ३० मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।