• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ २ मा रास्वपा र कांग्रेसबीच टक्कर

  • २०८२ फाल्गुन २३, शनिबार

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनाको रास्वपा र काँग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ ।
३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेल बीच जम्मा १४४ मतान्तर रहेको छ ।
शर्माले १० हजार २६० मत प्राप्त गर्दा कांग्रेसका पौडेलले १० हजार ११६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ मा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी छ । यसैगरी नेकपा (माओवादी केन्द्र) का ज्ञामनाथ गैरे (तारा)ले ८ हजार ७५५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे (सूर्य) ले ५ हजार ६०९ मत प्राप्त गर्नुभएको छ ।

  • २०८२ फाल्गुन २३, शनिबार