• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ २ मा चर्को प्रतिस्प्रर्धाका बीच रास्वपाका शर्मा विजयी

  • २०८२ फाल्गुन २३, शनिबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा चर्को प्रतिस्पर्धाका बीच रास्वपाले जीत हालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं. २ मा रास्वपाका सोम शर्माले ७७९ मतान्तरले कांग्रेसका टेकराज पौडेललाई पछि पार्दै विजयी हुनुभएको छ ।

क्षेत्र नम्बर २ मा खसेको जम्मा ४७ हजार २०७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोम शर्माले १२ हजार ६४७ मत लिएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत ऋषिराम शर्माले जानकारी दिनुभयो ।

यस्तै शर्माका निकटतम प्रतिस्प्रधी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलले ११ हजार ६८ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे ७ हजार ८६४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत ऋषिराम शर्माले जानकारी दिनुभयो ।

  • २०८२ फाल्गुन २३, शनिबार