• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

  • २०८२ फाल्गुन २४, आईतवार

बागलुङ । बागलुङको बिकट गाउँ ढोरपाटनमा दादुरा संक्रमण फैलिएपछि पालिका भरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउ“मा दादुरा फैलिएको छ ।

५० जनामा दादुरासंग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गते सम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिनुभयो ।

दादुराको संक्रमण बढेकाले ढोरपाटन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीहरूले संकलन गरेको ५ वटा स्वाब परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको जनाइएको छ । साथै करिब ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ ।

संक्रमण थप फैलिन नदिन नगरपालिकाले उच्च सतर्कता अपनाउन र दादुराको लक्षण देखिए अस्पताल आउन आग्रह गरेको छ । नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र संक्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

  • २०८२ फाल्गुन २४, आईतवार