• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

साझा जनआवाज अनलाइन टिभी दोस्रो वर्षमा

  • २०८२ फाल्गुन २४, आईतवार

बागलुङ । बागलुङमा अन्नपूर्ण मल्टिमिडियाद्वारा सन्चालित साझा जनआवाज अनलाइन टिभी दोस्रो वर्षमा प्रवेश गरेको छ । आइतबार मिडिया हाउसमा आयोजितक अन्तरक्रिर्या कार्यक्रम गरी प्रथम वार्षिकोत्सव मनाइएको हो ।

जिल्लामा क्रियाशिल पत्रकार र टिभीका संचालक तथा कर्मचारीबीच सुझाव संकलन तथा अन्तरक्रिर्या गरी मनाइएको छ ।
सहभागी पत्रकारहरुले चुनौतीका बीच नयाँ मिडियाले थालेका प्रयासहरु सहरानीय भएको बताएका थिए । नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तले सानो क्षेत्र साँघुरो विज्ञापन बजार भएको स्थानमा संचार माध्यम स्थापना गर्न सहज भएपटि टिकाउने काम चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले महिलाले नेतृत्व गरेको सञ्चार माध्यमले समाजमा विभेदको बाँधलाई चिर्न सफल भएको बताउनुभयो । साझा जनआवाज अनलाइन टिभीको प्रधान सम्पादकको रुपमा पार्वती थापा हुनुहुन्छ ।

कार्यक्रममा सहभागिले पत्रकार र कर्मचारी टिकाउने योजना ल्याउनुपर्ने बताएका थिए । कार्यक्रम
प्रधान सम्पादक पार्वती थापाको अध्यक्षता र स्वागत, प्रबन्ध सम्पादक डम्मर बुढा मगरको संचालनमा सम्पन्न कार्यक्रममा सम्पादक अनिष खातीले एक वर्षको काम र संघर्षबारे जानकारी बताउनुभएको थियो ।

  • २०८२ फाल्गुन २४, आईतवार