• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

उम्मेदवारलाई जिताउन नसकेको आत्माआलोचना गर्दै एमाले नगर अध्यक्षले दिएर राजीनामा

  • २०८२ फाल्गुन २६, मंगलवार

बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएका छन् ।

एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उहाँले नगर कमिटिका उपाध्यक्षलाई सम्वोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नंम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको बताउनुभयो ।

उहाँले बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजिनामा दिएको बताउनुभयो । शर्माले पार्टी अब पुर्नगठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको बताउनुभयो । शर्माले पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको बताउनुभयो ।

  • २०८२ फाल्गुन २६, मंगलवार