• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

चैत १७ : प्राधिकरणमा सहकारी दर्ता गर्ने अन्तिमदिन

  • २०८२ चैत्र ९, सोमबार

बागलुङ । सबै तहमा सञ्चालित वच ततथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको नियमनगर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले चैत १७गते पछि प्राधिकरणमा सहकारी दर्ता नहुने जनाएको छ ।
प्राधिकरणले आइतवार एक सार्वजनिक सूचना जारी गर्दै चैत १७गतेसम्ममा प्राविधिकरणमा आवद्ध भइसक्न वचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संघ संस्थाहरुलाई आग्रह गरेको हो ।
मंसिर १० गतेदेखि सहकारीको अभिलेखीकरण शुरु गरेको प्राधिकरणले दोस्रो पटक थपगरेको समय चैत १७गते सकिदैछ, अब समय थपनहुने भन्दै प्राधिकरणले तोकिएको समयभन्दापहिला नै अभिलेखीकरणका लागि प्रक्रिया पुरा गर्न निर्देशन गरेको हो ।

प्राधिकरणले चैत १७गतेभित्रतोकिएको दस्तुर भुक्तानी गरेको बैक भौचर सहितविवरण प्रविष्ट गरिसक्न निर्देशन गरेको हो । चैत १७ सम्म दस्तुर भुक्तानी गरेको तर विवरण प्रविष्ट नगरेको भएमाआगामी बैशाख १७ गते सम्म विवरण प्रविष्ट गर्न दिने जनाएको छ ।

तोकिएको समयसम्म विवरण बुझाउने सहकारीलाई मात्रइजाजत पत्र प्रदानगरिने प्राधिकरणले जनाएको छ । संघ, प्रदेश र स्थानीयतहमा सञ्चालित बचत तथा ऋणको मुख्य कारोबार गर्ने (वचत तथा ऋण सहित अन्य प्रकृतिका समेत) सहकारीहरुले प्राधिकरणबाट इजाजत पत्रनलिइ वचततथा ऋणको कारोबार गर्न नपाउने भएकाले सबैलाई इजाजत पत्रका लागि विवरण पेश गर्न प्राधिकरणले आव्हान गरेको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले ऋण असुलीकालागिकर्जा सूचना केन्द्रमा आवद्ध हुनका लागि पनि प्राधिकरणका इजाजतपत्रअनिवार्य गरिएको छ ।

  • २०८२ चैत्र ९, सोमबार