• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

जापानमा चैते दशैं मेलाको रौनकता

  • २०८२ चैत्र ९, सोमबार

बागलुङ । बागलुङको परम्पारगत चैते दशैं मेला जापानमा मनाइएको छ । बागलुङको चैते दशैं मेला अब अन्तर्राष्ट्रियकरण गरी मनाइएको छ ।

बागलुङबाट जापान पुगेका नेपालीहरुले जापानमैै कालिका मन्दिर परिसरमा लाग्ने चैते दशंै मेलाको स्वरुपमा मेला आयोजना गरेका छन् । गत वर्षबाट थालिएको मेलालाई यो वर्ष झनै भव्य बनाइएको छ ।

चैते दशैं मेलाको संरक्षण गर्दै भाइचाराको विकास गर्दै जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै बागलुङ समाज जापानले जापनाको टोकियोमा चैतेदशैं मेला–२०२६ दुई दिन सम्म आयोजना गरि मनाइएको छ । बागलुङ समाज जापानको आयोजनामा मार्च २१ र २२ तारिक (चैत ७ र ८ गते) जापानको राजधानी टोकियोको शिवा पार्क मेला सम्पन्न गरिएको छ । टोकियोमा दुई दिनसम्म सञ्चालित चैते दशैं मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गर्न थालेको छ ।

बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवद्र्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिको जानकारी गराउने उद्देश्यले चैते दशैं मेलाको आयोजना गरिएको बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो । कालिका मन्दिरको नमूना र बाँघ चोकमा भएको बाघको आकृति झल्काउने मेला स्थलमा निर्माण गरिएको थियो ।

परदेशमा रहेर पनि नेपाली मौलिक परम्परा, संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले लोक दाहोरी गीत लगायतका सांस्कृतिक कार्यक्रमगरी मनाइएको थियो । मेलामा लोकदोहोरीसंगै परम्परागत खेलकुद तथा खानाका परिकारहरूले विशेष आकर्षण रहेको थियो । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरू शान्ति श्री परियार, सुर्य खड्का, योगेश काजी, युवराज मगर, अनुपा थापा मगर र कोष खड्का लगायत स्थानीय कलाकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो ।

नेपाली कला, संस्कृति, भेषभूषा तथा परम्परागत झाँकीहरू प्रस्तुतले मेलिको आकर्षण थपेको थियो । दोस्रो चैत्राष्टमी (चैते दशैं) मेला–२०२६ को अवसरमा लोक तथा दोहोरी गायक सूर्य खड्का लाई ‘बागलुङ रत्न सम्मान’ प्रदान गरिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–धम्जाका स्थायी बासिन्दा रहेका खड्कालाई जापानमा रहेर नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

विगत लामो समयदेखि जापानमा बसोबास गर्दै आएका खड्काले नेपाली मौलिक लोकदोहोरी गीतसंगीतको संरक्षण, प्रवद्र्धन र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । आयोजकका अनुसार ‘बागलुङ रत्न सम्मान’ मार्फत जिल्लाबाट उत्पत्ति भई विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

  • २०८२ चैत्र ९, सोमबार