बागलुङ ।
बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेका छन् । बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरको एक हजारका विभिन्न नोट फेला परेका छन् । नेपाल बैंक बागलुङको तथ्याङ्क अनुसार अहिले १८ वटा भन्दा बढी एकहजारका एउटै नमबरका नोट फेला परेको विभिन्न बैंकले जानकारी गराएका छन् ।
बैंङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्डी भित्र नक्कली नोट फेला परेको नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले जानकारी दिनुभयो ।
बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको उहाँले बताउनुभयो । कुुँवरका अनुसार झ ७९१६९०३३ नम्बरको नोट दोहोरो फेला पर्न थालेकाले सचेत रहन आग्रह गर्नुभयो । नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको छ ।
नक्कली नोटको विषयमा राष्ट्रबैंकमा समेत जानकारी गराएको बैंकर्स क्लव बागलुङको अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो । उहाँले चैते दशैं लगायत भीडभाडको मौका छोपी नक्कली नोट आएको हुन सक्ने अनुमान गर्नुभयो । उहाँले नक्कली नोट बाक्लो हुँने र छिटो खुम्चने गरेको पाइएकाले सचेत रहेर कारोबार गर्न आग्रह गर्नुभयो ।