• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बागलुङमा संरक्षित छ भक्तपुरको हनुमान नाच

बागलुङ । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायमा अझै जीवीत छ । हनुमानको भेषमा सजिएका नेवारी युवाहरु हातमा लाठी समातेर विभिन्न १० सुर तथा तालमा नाचिरहेको दृश्यले धेरैलाई लोभ्याउछ । यो दृश्यले भदौं यता निरन्तरता पाएको छ । हनुमानको अवतारमा एक हुल नेवारी समुदायका युवाहरु एक आपसमा लाठी ठोकेर पुच्छर घुमाउदै नाँच्दा बागलुङ बजार गुन्जयमान हुन्छ ।

तीन सय वर्ष पुरानो हनुमान नाच नेवारी समुदायको जीवन्त इतिहासको रुपमा बागलुङमा देख्न पाइन्छ । २०७३ भदौंमा देखाइएको हनुमान नाच नौ वर्षपछि पुन देखाउन थालिएको हो । चैते दशैंको अवसरमा कालिका मन्दिर परिसरमा देखाइएको हनुमान नाच धेरैको आकर्षणमा परेको थियो । यसो त भदौंबाट देखाउन थालिएको हनुमान नाचको समापन गर्ने समय नजिकै आएको छ । २०८२ भदौंबाट शुरु गरिएको हनुमान नाच अहिलेसम्म नौं पटक देखाइसकिएको हनुमान नाच संरक्षण समिति बागलुङका प्रधानकजी इश्वर मलेपतीले बताउनुभयो ।

“सितालाई हरण गरिएको अवस्थाबाट उम्काएर ल्याउनका लागि गरिएको विधी, नाच, श्लोक प्रकृयालाई हनुमान नाचमा देखाउन थालिएको छ, भक्तपुरमा लोप हुन थालेको नाच बागलुङमा जिवितै छ” मलेपतीले भन्नुभयो “व्यापारको शिलशिलामा भक्तपुरबाट आएका नेवार समुदायले आफू संगै ल्याएको संस्कृति अहिले बचाउन थालिएको छ, अहिले बागलुङमा नौ वर्षपछि हनुमान नाच देखाइएको छ ।”

नौं वर्षपछि देखाउन थालिएको हनुमान नाच भदौ यता निरन्तरता पाउदै आएको छ । पछिल्लो समय लोपन्मुख नाच संरक्षणमा यहाँको हनुमान नाच संरक्षण परिषद् सक्रिय भएको छ ।
मलेपतीका अनुसार २०८२ भदौं ११ गते नारायणचोकबाट शुरु नौ वर्षपछि शुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरी चोक, आवारोड, गलकोट हुँदै कालिका मन्दिर सम्म देखाइएको छ । तीन सय वर्ष पुरानो हनुमान नाँच प्रदर्शनको क्रममा हनुमान नाचको विषयमा सोधपत्र तयार पार्ने बागलङे चेली जमुना राजभण्डारीले सितालाई राणलाई हरण गरेपछि सितालाई हनुमानले फर्काउने शिलशिलालाई हनुमान नाचको ताल र सुरमा देखाइने बताउनुहुन्छ ।

बागलुङका नेवार समुदायले संरक्षण गरेर राखेको हनुमान नाच नौं वर्षपछि विधिवत रुपमा भदौबाट देखाउन थालिएको र यो नाँच आगमी वैशाखमा समापन गरिनेछ । ३ वर्ष, ५ वर्ष, ७ वर्षमा नाचिने हनुमान नाच यसपटक कोरोना करह लगायतका कारण ९ वर्षमा नाचिएको हनुमान नाच मुल व्यवस्थापक (प्रधानकजी) इश्वर मलेपतीले जानकारी दिनुभयो ।
भक्तपुरका नेवार समुदाय वि.सं. १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा हरायको नाचले वि.सं २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो ।

कम्तिमा १३ र बढीमा १५ जोडी युवाहरु हनुमानको भेष धारी नाच्ने यो नाच पौराणिक रामायणको कथामा आधारित रहेको छ । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रुपमा अगाडी सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तिर्थप्रसाद श्रेष्ठले बताउनुभयो ।
बागलुङ नगरपालिका ३ नारायणचोकको भिमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत रुपमा हनुमान नाच शुभारम्भ हुने र टोल पुजा सकिएपछि विधिवत रुपमा हनुमान नाच अन्त्य गरिने परम्परा छ । उक्त नाच निकै खर्चिलो र नाच्नका लागि लामो समय लाग्ने भएकाले वर्षैपिच्छे देखाउन कठिन भएको नेवारी अगुवा बताउछन् ।

अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ ।