बागलुङ । कालिका कप महिला भलिबलको उपाधि इलाइट भलिबल एकेडेमी पोखराले हात पारेको छ । बागलुङ कालिका मन्दिर मन्दिर परिसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैते दशैं मेलाको अवसरमा आयोजित कालिका कप महिला भलिबलको उपाधि जितेर इलाइट भलिबल एकेडेमी पोखराले एकलाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको हो ।
घरेलु महिला भलिबल समूहका शान्ता माविलाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै इलाइट भलिबल एकेडेमी २०८२ कालिका महिला कपको च्याम्पियन बन्न सफल भएको हो ।
आइतबार सम्पन्न फाइनल खेलमा इलाइटले शान्त माविलाई २५–२३, २५–२२ र २५–२३ अंकले पाजित गरेको हो । च्याम्पियन इलाइटले एक लाख रुपियाँ र ट्रफी प्राप्त गर्दा उपविजेता शान्ता माविले ५० हजारमा चित्त बुझाएको छ ।
यस्तै, सृष्टि फर्निचरले धविमाविलाई पराजित गर्दै जैमिनी नगरपालिका तृतिय भएको छ । सृष्टिलाई ३–१ को सेटमा पराजित गर्दा जैमिनीले २५–१४, २५–२२, २६–२८, २५–१४ अंक जोडेको थियो । तेस्रो बनेको जैमिनीले नगद २५ हजार प्राप्त गरेको हो ।
विद्यागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि जनही पाँच हजार रुपियाँका दरले पुरस्कृत गरिएको प्रतियोगिता संयोजक सन्दिप खड्काले जानकारी दिनुभयो ।
कालिका कपको पुरुषतर्फ घले हार्भेष्टिङ अष्ट्रेलिया र सिद्वार्थ चश्मा घर सोमबार फाइनल भीड्दैछन् । फाइनल खेलको विजेताले तीन लाख रुपियाँ, उपविजेताले एक लाख ५० हजार र तेस्रोले ५० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पाँच हजारले पुरस्कृत गरिनेछ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना र जिल्ला भलिबल संघको आयोजनामा कालीका कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।