बागलुङ । पत्रकार धर्मेन्द्र झाको यात्रा संस्मरण पुुस्तक ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ । बागलुङमा आयोजित मडिया मेलाको सन्दर्शभमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बाहुलीबाट पुस्तक लोकार्पण गरिएको छ ।
साहित्यिक रुपमा धर्मेन्द्र विह्वलका रुपमा परिचित झाले हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमाल पारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुन्द्र किनारास्थित जगन्नाथसम्मको यात्रालाई पुस्तकमा समेट्नुु भएको छ ।
मुक्तिनाथका सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकका रुपमा जगन्मुक्ति रहेको बताउँदै झाले मैथिली भाषीलाई मुक्तिनाथ जान्न र बुझ्न यो विशेष उपयोगी बन्ने विश्वास व्यक्त गर्नुुभयो । पछिल्लो समयमा मुक्तिनाथ दर्शन गर्न मैथिली भाषीको संख्या बढेको बताउँदै उहाँले भन्नुुभयो, “प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ । मुक्तिनाथ शालग्रामको केन्द्र हो ।” पुस्तकले नेपाल र भारतबीचको सांस्कृतिक एवम् धार्मिक सम्बन्धलाई समेत जोड्न खोजेको छ ।
यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुलाई कुल १०२ पृष्ठमा समेटिएको पुस्तकमा विभिन्न महत्वपूर्ण तस्वीरहरू पनि समावेश गरिएको छ । तीन खण्डमा संरचित पुस्तकको पहिलो खण्डमा हिमालय पार वसल मुक्तिनाथ, दोस्रो खण्डमा समुन्द्र तटमे रहल जगन्नाथ र तेस्रो खण्डमा कालीदर्शन आ महाकुम्भमे सहभागिता शीर्षकमा चर्चा गरिएको छ । पुस्तकको नेपाल पत्रकार महासंघ बाग्लुङद्वारा आयोजित बागलुङ मिडिया मेला २०८२ को उद्घाटन समारोहमा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकार्पण गर्नुुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष, राससका निर्वतनमा अध्यक्ष, अन्तराष्ट्रिय पत्रकार महासंघ(आइएफजे) का पूर्व वैकल्पिक सल्लाहकार, नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकार लगायत विभिन्न सञ्चामाध्यममा विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुुभएका उहाँका यस अघि रस्ता तकैत जिनगी, एक सृष्टि एक कविता, एक समयक बात्, शहरक भीडमे एसगर हम, व्योमक ओहि पार, मिथिला मिथक, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास, भ्रमरका उत्कृष्ट नाटकहरु (अनुवाद), गोनुु झाका कथाहरूलगायत विभिन्न कृति प्रकाशित छन् ।