• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

‘बागलुङ मिडिया’ मेला सम्पन्न : पत्रकारको उल्लासपूर्ण सहभागिता

  • २०८२ चैत्र २१, शनिबार

बागलुङ । बागलुङमा दुई दिने मिडिया मेलामा चारसयबढी पत्रकार सहभागी भएका छन् । नेपाल पत्रकार महासंघले बागलुङमा आयोजना गरेको मिडिया मेलामा गण्डकी प्रदेशका पत्रकारको सक्रिय उपस्थिति रहेको थियो ।
मिडिया मेलामा गण्डकी प्रदेशभरमा चारसय भन्दा बढी पत्रकार र सयौ दर्शकहरुले अवलोनक गरेका छन् । मिडिया मेलामा १० वटा पत्रकारिता देखि समसामयिक विषयमा समूहगत रुपमा छलफल गरिएको थियो । साथै ‘त्यो बागलुङ–यो बागलुङ’ फोटो प्रदर्शनी, लाईभ पेन्टिङ, पुराना सञ्चार समाग्री, पुस्तक प्रदर्शनी, भित्तेपत्रिका लेखन लगायतका रचनात्म कार्यक्रम समेत गरिएको थियो ।

मेलामा गिद्देप्रेसदेखि एआईसम्म, अबको पत्रकारितको पाटो, स्थानीय तहका मिडिया सबलीकरण, महिला समावेशीता र पत्रकारको शैली लगायतका विषयमा पत्रकार, अनुसन्धानकर्ता देखि कलाकार सम्मको प्रस्तुती रहेको थियो । मिडिया मेलामा सहभागीले एआईसँग पत्रकारिता गर्न सिक्नुपर्ने तर ‘एआइ पत्रकारिता’ गर्न नहुने बताएका छन् । उनिहरुले एआईको सहयोग लिन सक्ने भएपनि एआईमा भर पर्न नहुँने बताएका थिए । मिडियमा मेलामा पत्रकारिता र सोसल मिडियाबीचको फरकको विषयमा छलफल गरिएको थियो । पत्रकारितामा सत्यतथ्यको खोजी, अनुसन्धान, समाचारकोे पुष्टि अनिवार्य भएको भन्दै सामाजिक सन्जालको भर पर्न नहुँने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले बताउनुभयो । गिद्धे प्रेसदेखि एआई सम्मको विषयमा मिडिया मेलामा छलफल गरिएको थियो ।

मिडिया मेलामा बागलुङ सहित गण्डकी प्रदेशको पोखरा, पर्वत, म्याग्दी र गुल्मीका पत्रकारहरु झण्डै चार सय पत्रकार र सयौ दर्शकहरु सहभागी हरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताउनुभयो । “मिडिया मेला पत्रकार र पत्रकारितको सबलीकरण केन्द्रित थियो, पत्रकारिताको चुनौती, नयाँ प्रविधिको प्रयोग स्थानीय तहको नजरमा मिडियाको भूमिकादेखि समावेशी पत्रकारितको विषयमा प्यानलगत छलफल गरिएको थियो” थापाले भन्नुभयो “मेलाले १० बुँदे मिडिया मेला घोषणा पत्र जारी गरेको छ, मेलाले पत्रकारिताको बहससंगै समाधानको पाटो केलाउन सफल भयो ।”

एआईदेखि गिद्धे प्रेस सम्मको बहसमा मेन्द्रि महासचिव राम प्रसाद दाहालले हतारमा एआईको प्रयोग खोज्दा प्राविधिक रुपमा सहज बन्ने तर वास्तविक पत्रकारिताबाट पर पुग्न सकिने खतरा सुनाउनुभएको छ । यस्तै प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछानेले पत्रकारिता सत्य तथ्यमा केन्द्रीत बन्नुपर्ने भएपनि नागरिक असत्य समाचारको पछाडि दौडिएको स्मरण गर्नुभयो । उहाँले आचारसंहिता पालना गरेको, तथ्यमा आधारित नभइ कानूनको उलंघन गर्ने खालको बन्न नहुँने धारणा व्यक्त गनर्नुभयो ।

यस्तै लोकान्तरका सम्पादक विमल गौतमले पत्रकारिता अब परम्परागत शैलीले टिक्न नसक्ने बताउदै डिजिटल माध्यामहरु पछ्याउन आवश्यक रहेको बताउनुभयो । समाज डिजिटल युगमा आएकोले पत्रकार पनि डिजिटल माध्यमबाटै चल्न नसके पत्रकार र पत्रकारिता धरासायी हुने गौतमको भनाई छ । राससका पत्रकार एकराज पाठकले भने पत्रकारितालाई समयानुकुल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकारिताले देशको विकासका संभावना देखाइदिनुपर्ने बताउदै निराशामुखी पत्रकारिता त्याग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सदस्य डिल्लीराम सुवेदीले प्रदेश सरकार लगानीमैत्री नीति बनाउन चाहेको भन्दै त्यसमा पत्रकारिताले पनि आवश्यकता औंल्याउदै संभावनाको ढोका खोल्न सहयोग गर्नुपर्ने बताउनुभयो । मिडिया मेलामा चर्चित कन्टेन क्रियटर बर्षा बस्नेत, मिडिया मेलामा टेकपानाका सम्पादक गोपाल साउद, सोलो ट्राभलर सिर्जना सिज्जु, सफ्टवेयर आर्किटिक चिराग थापा र बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले पनि पत्रकारिता विश्वसनीय र अनुसन्धानमूलक बन्नुपर्ने बेला आएको बताएका थिए । मेलामा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, गायक वसन्त थापा, अभियानकर्मी आरके अदिप्त गिरि, योजनाविद् विजयराज पन्तको समेत सहभागिता रहेको थियो ।

मेलामा बागलुङको भविष्यका विषयमा भएको सत्रमा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पनि पर्यटन विकासका सम्भावनाबारे धारणा राखेका थिए । कार्यक्रमका विभिन्न सत्रहरुको सहजीकरण पत्रकारहरु सिर्जना पन्त, दिल शिरिष, भाषा शर्मा, संगम घर्तीमगर, मोहराज शर्मा, प्रकट कुमार शिशिर, कमल पौडेल, विजय राना र दिलीप पौडेलले गरेका थिए । मेलाका विभिन्न सत्रमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, मुकेश राजभण्डारी, राजेश राजभण्डारी, रामबहादुर जिसी, गायक वसन्त थापा, अभियानकर्मी आरके अदिप्त गिरि, वसन्त श्रेष्ठ, शुभशंकर कँडेल, युवराज कँडेल, अभियन्ता जूनू पुनमगर र योजनाविद् विजयराज पन्त, भ्लगरसमेत रहेकी सिर्जना सिज्जु, चिराग थापा, वर्षा बस्नेतको समेत सहभागिता थियो ।

  • २०८२ चैत्र २१, शनिबार