• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

नालीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ को निसीखोला दोस्रो लघुजलविद्युतको विद्युतगृहबाट ओभरफुलको नालीमा शव फेला परेको महिलाको पहिलचान खुलेको छ । इलाका प्रहरी कार्यालय गलकोटका अनुसार निसीखोला ४ जार्पा निवासी ५७ वर्षिय रेशम कुमारी शाही रहेको प्रहरी निरीक्षक डम्मर बहादुर बोहोराले पुष्टि गर्नुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार, शाही सोमवार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । उनको शवलाई मंगलवार बिहान स्थानीय नर बहादुर कुवँरले नालीमा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक बोहोराको भनाई छ । अहिले उनको सनाखत गरी पोष्र्टमाटमको लागि बुर्तिबाङ प्रादेशिक अस्पतालमा पु¥याउने तयारी भैरहेको छ ।