बागलुङ । युनिटी लाइफ इन्टरनेसनल लिमिटेड ठगी मुद्दामा सर्वोच्च अदालतसमेतबाट दोषी ठहर भएर फरार रहेका सञ्चालक बागलुङका महेन्द्र केसी पक्राउ परेका छन् ।
बागलुङ नगरपालिका–३ स्थायी ठेगाना रहेका ५२ वर्षीय केसी हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसीमै बस्दै आएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार केसीलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेर जरिवाना र सजायका लागि अदातलमा पेश गरेको छ ।
युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार जरिवाना र दुई वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो । युनीटी लाईफ ठगी भएलगत्तै फरार रहेका केसी अदालतको आदेशपछि पक्राउ परेका हुन् ।