• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

धौलागिरि कालिका यातायातको अध्यक्षमा दिनेश बोहोरा

  • २०८२ चैत्र २९, आईतवार

बागलुङ । धौलागिरि कालिका यातायात प्रा.लि.को अध्यक्षमा दिनेश बोहोरा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनले बोहोराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा भिमबहादुर केसी, महासचिवमा भरत गौतम, सचिवमा पदमबहादुर कार्की र कोषाध्यक्षमा हेमलाल खरेल चयन भएका छन ।

अधिवेशन उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यातायात क्षेत्रलाई नाफामुखी नभएर सेवामुखी बनाउन आग्रह गरे ।

प्रा.लि.मा २ सयभन्दा बढी जीप सञ्चालनमा रहेका छन् भने बागलुङबाट पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, बेनी, बुर्तिवाङ, बरेङ लगायतका क्षेत्रमा सेवा दिँदै आएको अध्यक्ष बोहोराले जानकारी दिए ।

  • २०८२ चैत्र २९, आईतवार