• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

मन्त्री नपाएपछि सांसद द्रोर्णकुमार कुँवरद्वारा राजीनामा

बागलुङ । बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले सांसद पदबाट राजीनामा दिनु भएको छ ।

मन्त्री पद नपाएको भन्दै गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कुँवरले राजीनामा दिनु भएको हो । सांसद कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका बुझाउनु भएको हो । कुँवरले बुझाएको राजीनामा पत्रमा बैशाख २ गतेदेखि लागू हुने उल्लेख गरिएको छ ।

राजीनामा पत्रमा उहाँले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्नु भएको छ । उहाँले जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गर्नु भएको छ ।

उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गर्नु भएको छ ।
काँग्रेस महासमिति सदस्य समेत रहेका कुँवर आज पुनर्गठन भएको मन्त्रिपरिषद्मा आकांक्षी हुनुहुन्थ्यो ।