• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

गण्डकी प्रदेशमा मन्त्री परिषद हेरफेर, बागलुङका शेरचन अर्थ र नेपाली भौतिक मन्त्री

  • २०८३ बैशाख २, बुधबार

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्दा बागलुङलाई दुई मन्त्री हात परेको छ ।
यसअघि स्वास्थ्यमन्त्री पाएको बागलुङले मन्त्रीपरिषद हेरफेरमा दुई मन्त्रालय पाएको हो ।

सत्तारुढ दल कांग्रेस र एमालेबिच भएको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गनुभएको थियो ।
नयाँ मन्त्रिपरिषदमा बागलुङका जित शेरचन अर्थमन्त्री र गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुभएको छ ।

साथै नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री, नम्डु गुरुङ वन तथा वातावरण मन्त्री भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मन्त्रीहरुलाई शपथ गराइसकेका छन् ।

  • २०८३ बैशाख २, बुधबार