• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

झोक चलेपछि राजीनामा : २४ घण्टामा यूटर्न भए कुँवर

  • २०८३ बैशाख ३, बिहीबार

बागलुङ । गण्डकी प्रदेशको मन्त्रीमण्डल पुर्नगठनमा असन्तुष्ट भएर राजीनामा दिनुभएका गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुमार कुँवरले राजीनामा फिर्ता दिनुभएको छ ।

मन्त्रीहरूले शपथ लिने बेलामा असन्तुष्टि पोख्दै झोकमा राजीनामा दिनुभएको कुँवले २४ घण्टामा राजिनामा फिर्ता लिनुभएको हो ।

बिहीबार सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराउनुभएको छ । कुँवर मन्त्रीको दौडमा रहउपनि मन्त्री बन्न नपाएको झोकमा राजिनामा दिनुभएको थियो ।

बुधबार पर्यटन बोर्डको कार्यालयमा ८ जना मन्त्रीहरूको शपथ चलिरहेका बेलामा कुँवरले ह्वाट्सएपबाट सभामुखलाई राजीनामा पत्र पठाएका हुन् ।

  • २०८३ बैशाख ३, बिहीबार