बागलुङ । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री जीत शेरचनले आर्थिक पारदर्शीता संगै गण्डकी प्रदेश सरकारको फजुल खर्च घटाउने गरी गप्रदेशले काम गर्ने बताउनुभयो ।
गत बिहीबार अर्थमन्त्रीमा नियुक्त हुनुभएको शेरचन शनिबार पहिलोपटक गृह जिल्ला बागलुङ आउनुभएको छ । गृहजिल्लामा आयोजना गरेको नेपाली कांग्रेसको स्वागत कार्यक्रममा शेरचनले विकास खर्च बढाउने र प्रदेशको फजुल खर्च घटाएर आर्थिक पादरर्शीता देखाउनेगरी काम गर्ने बताउनुभएको छ ।
उहाँले गण्डकीको अर्थतन्त्र सुधारका लागि करको दर नभएर दायरा बढाउने योजनामा आफू रहेको बताउनुभयो ।
“गण्डकी प्रदेशका आर्थिक मन्त्रालय अर्थको मात्रै हैन अर्थ संग जोडिएको प्राविधिक मन्त्रालय समेत हो, करको दायरा, दर देखि अनेकौ आर्थिक नीतिको काम हुन्छ, अहिले अध्ययनकै चरणमा छु, पुराना राम्रा कामको निरन्तराता समेत दिन्छु” शेरचनले भन्नुभयो “गण्डकी प्रदेशको पूजिगत खर्च कम भएको पाएको छु, किन कम भयो, अध्ययन गरेर खर्च बढाउन लाग्दछु पूँजीगत खर्च बढ्नुभनेको विकास बढ्नु हो, अहिले गाउँमा विकास ढोका खोलिएको छ, घर छेउमा चिल्ला सडक, खानेपानीको धारा प्रदेश सरकारले पु¥याएको छ, प्रदेश सरकारको विकासलाई जनतालाई बुझाउन सकिएन ।”
नेपाली कांग्रेसका जिल्ला सभापति रहनुभएका शेरचन गण्डकी प्रदेश सभासदस्यमा बागलुङ क्षेत्र नम्बर दुई (क) बाट चुनाव चित्नुभएको थियो । समय थोरै भएपनि राम्रो काम गरेर देखाउने शेरचनले कार्यकर्तालाई विस्वास दिलाउनुभयो ।
नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा खुम्चेपनि कांग्रेस चुनावबाट नडराएको बताउनुभयो । उहाँले आगमी दिनमा कांग्रेस थप शसक्त भएर जाने बताउनुभयो ।