• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

पालिकाको प्राथमिकताका योजनालाई बजेट : पूर्वाधारमन्त्री नेपाली

  • २०८३ बैशाख ६, आईतवार

बागलुङ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्द बहादुर नेपालीले एक पालिका एक योजनालाई प्राथमिकता दिने बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री नेपालीले कुनै पालिकामा दर्जन बढी योजना र कुनै पालिकामा शुन्य योजनाको असमान नीति गण्डकी प्रदेशले हटाउन खोजेको बताउनुभयो ।

मन्त्री नेपालीले प्रदेशको विकास खर्च बढाउनका लागि अध्ययन भईरहेको बताउनुभयो ।

मन्त्री नेपालीले व्यक्ती र पूर्वाग्रहमा योजना नल्याउनुहुन अनुरोध गर्नुभयो । समग्रमा आवश्यकताका आधारमा योजना छनौट गरेर पठाउन आग्रह गर्नुभयो ।

’पार्टीले सिफारिस गरेका योजनाहरू समेत आम नागरिकको हितमा हुने योजना भएमा छनोट गरिन्छ’नेपालीले भन्नु भयो ’पुर्वाधारका काममा ढिाल भएको गुनासो छ, पुर्वाधार विकास कार्यालयका प्रमुखलाई भेला गरेर रिपोट लिन्छु ।

विकास बजेट घटिरहेकोले कैयौँ योजना अलपत्र परेका उहाँको भनाइ छ । ‘‘अलपत्र योजनाको वास्तविकता बुझ्न विकासे अड्डाका प्रमुखको साझा बैठक बसेर अहिलेसम्म भएको बजेट, खर्च भएको बजेट र गर्न बाँकी कामको समीक्षा गर्छौ’’ नेपालीले भन्नुभयो ।

योजनाको समयमै सक्नका लागि संयन्त्र बनाउने तयारी गरेको उहाँको भनाई छ । मन्त्री नेपालीले ठूलो बजेटको हिस्सा भएको पूर्वाधार मन्त्रालयले योजनाको प्राथमिकिकरण गरेर मात्रै बजेट कार्यान्वयनमा लैजाने उहाँको भनाई छ ।

  • २०८३ बैशाख ६, आईतवार