बागलुङ । लायन्स क्लब अफ बागलुङको अध्यक्षमा भुपेन्द्र केसी चयन हुनुभएको छ ।
वर्ष २०२६–२०२७ का लागि शनिबार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्षमा तिलक खड्का, द्धितीय उपाध्यक्षमा अमृत प्रसाद कँडेल, तृतीय उपाध्यक्षमा नारायण शर्मा, सचिवमा चिरिन्जिवि श्रेष्ठ र कोषाध्यक्षमा शशी भट्टराई चयन हुनुभएको छ ।

लायन्स क्लब अफ बागलुङका अध्यक्ष नारायण प्रसाद शर्मा, संस्थापक अध्यक्ष दुर्गा कुँवर, पूर्वअध्यक्षहरु युक्त प्रसाद सुवेदी, केशव सापकोटा, राजु गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता र सचिव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियो ।
क्लबले सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा काम गर्दै आएको छ ।
