बागलुङ । बागलुङमा आयोजित सोह्रौँ संस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ९५० खेलाडी सहित पदाधीकारी र रेफ्री सहित एक हजार २०० खेलाडी बागलुङ आएका छन् ।
शुक्रबार र शनिबार बागलुङको बाङ्गेचौर खेल मैदानमा आयोजना गरिएको खेलको तयारीका लागि खेलाडीहरु बागलुङ आएका छन् । प्रतियोगिताको व्यवस्थापकीय तयारी पुरा भएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाबाट गरी झन्डै एक हजार २०० खेलाडी सहभागी हुने परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो । बागलुङमा ९५० खेलाडी र दुई सयको संख्यामा रेफ्री र अफिसियल सहभागी भएका छन् ।
“सुरक्षा प्रबन्धदेखि अन्य तयारीका काम सकिएको छ, १६ होटलमा हेलाडीलाई राख्ने व्यवस्थापन मिलाइएको छ, जिल्ला खेलकुद विकास समिति बागलुङले स्थानीय रूपमा व्यवस्थापन र समन्वयको काम गरिरहेको छ”, सदस्यसचिव शर्माले भन्नुभयो “प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, भलिबल र कबड्डी गरी छ वटा विधामा महिला र पुरुषतर्फका ३६ खेलमा ६६ प्रतिस्प्रर्धामा खेल सञ्चालन हुनेछन् । पालिका हुँदै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएका जिल्लाका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन बागलुङ आएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलकाका अनुसा एउटा जिल्लाबाट एक सयको हाराहारीमा खेलाडी सहभागी हुने र उनिहरुलाई खेलमैदान बिहीबार साँझ स्थानीय सहकारीको मोही र मकै खुवाएर बाजागाजा सहित स्वागत गरिएको छ ।
स्थानीय बाङ्गेचौर खेलमैदान र काठेखोलाको बिहुँमा रहेको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडी केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रूपमा जिल्लामा गर्ने गर्दा खेल पूर्वाधार, खेल पर्यटन लगायतका कामलाई बढुवा दिने सदस्यसचिव शर्माले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि झण्डै ८३ लाख खर्च लाग्ने उहाँको भनाई छ ।
पन्धौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोरखा र १४औँ प्रतियोगिता नवलपुरमा आयोजना भएको थियो । सत्रौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला १६र्औँ प्रतियोगिताको समापन समारोहमा घोषणा गरिने गण्डकी प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
