बागलुङ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला वडा र पालिका अधिवेशनको तीव्र अभियानमा छ । असार लागेसँगै किसान खेतबारीमा झुम्मिएझैँ रास्वपाका नेता–कार्यकर्ता संगठन विस्तार र अधिवेशनको चटारोमा व्यस्त छन् ।
असारको पहिलो साता चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै रास्वपाले जिल्ला, पालिका र वडा तहमा संगठन सुदृढीकरण, प्रतिनिधि छनोट र नेतृत्व चयनलाई तीव्र बनाएको हो । रास्वपा बागलुङका सचिव तथा संगठन विभाग प्रमुख बबिन खत्रीका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सात पालिका र ८५ वडामध्ये ७० वडाको अधिवेशन सम्पन्न भइसकेको छ । “सबै वडा र पालिकामा तदर्थ समिति छन्, अधिवेशनमार्फत तिनलाई पूर्णता दिने प्रयासमा छौँ,” रास्वपा बागलुङ क्षेत्र नं. १ का सभापति बालकृष्ण शर्माले भन्नुभयो, “जेठ २४ गते जिल्ला अधिवेशन गर्ने तयारी छ, त्यसअगावै वडा र पालिकाको अधिवेशन टुंग्याउँछौँ ।”
रास्वपाले जेठ १० गते बागलुङ नगरपालिकाबाट पालिका अधिवेशन सुरु गरेको थियो । क्षेत्र नं. १ अन्तर्गत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने जैमिनी नगरपालिकामा प्राविधिक कारणले अधिवेशन स्थगित भएको छ । बरेङ गाउँपालिकामा आवश्यक वडा अधिवेशन पूरा नभएकाले पालिका अधिवेशन रोकिएको जनाइएको छ ।
क्षेत्र नं. २ अन्तर्गतका ६ स्थानीय तहमध्ये पाँच पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । जेठ १३ देखि १७ गतेसम्म भएका अधिवेशनमार्फत पालिका कार्यसमितिसँगै जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको क्षेत्रीय सभापति शर्माले जानकारी दिनुभयो । ताराखोला गाउँपालिका बाहेकका अधिकांश पालिकामा नेतृत्व चयन सकिएसँगै रास्वपा अब जिल्ला अधिवेशनतर्फ केन्द्रित भएको छ । पार्टीले जेठ २४ गते जिल्ला अधिवेशन तथा जेठ २९ गते गण्डकी प्रदेश अधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।
को को छन् रास्वपाको पालिका हाँक्ने कमाण्डरहरु ?
बडिगाड गाउँपालिका : सभापतिमा घिमिरे
बडिगाड गाउँपालिकामा रास्वपाले जेठ १३ गते पालिका अधिवेशन सम्पन्न गरी रमेश बहादुर घिमिरे सभापति रहेको पालिका कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापतिमा राधा खत्री, सचिवमा राहुल खत्री, सहसचिवमा ध्रुव खरेल र कोषाध्यक्षमा गंगा पुन चयन हनुभएको छ । समितिका सदस्यहरुमा तुलसी खत्री, बन बहादुर थापा, मुना पुन, गोकर्ण आचार्य, उमानाथ पोखेरल र भरत केसी चयन हुनु भएको छ ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुनिल भुषाल, प्रदेश अधिवेशन प्रतिनिधिमा ज्ञान बहादुर बलाल थापा तथा जिल्ला अधिवेशन प्रतिनिधिमा दिनानाथ खरेल, गुमानसिंह केसी, ध्रुव विक र पवित्रा सुनार विकलाई चयन गरेको छ ।
ढोरपाटन नगरपालिका :सभापतिमा लोप्चन
जेठ १४ गते ढोरपाटन नगरपालिकाका रास्वपाले पालिका अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले अमर लोप्चन सभापति रहेको रास्वपा ढोरपाटन नगर कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापतिमा बिमल विक, सचिवमा सिता कुमारी अर्याल कुँवर, सहसचिवमा छम बहादुर रसाइली र कोााध्यक्षमा विक्रम विक चयन हुनु भएको छ ।
समितिका सदस्यहरुमा कुम बहादुर विक, ज्ञानी खत्री, कृष्ण कुमारी विक, शक्ति विक, सविन विक, गोविन्द विक, झरना रेग्मी र टंक श्रीपाली चयन हुनु भएको छ ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दिपक घर्ति र कमल भण्डारी, प्रदेश महाधिवेशन प्रतिनिधिमा डोरलाल सुवेदी र तिलक बहादुर श्रीपाली तथा जिल्ला अधिवेशन प्रतिनिधिमा नर कुमारी विक, गबुल छन्त्याल, गोविन्द बस्नेत र रामलाल पाण्डेलाई चयन गरेको छ ।
तमानखोला गाउँपालिका :सभापतिमा रसाइली
रास्वपा तमानखोलाको प्रथम अधिवेशन जेठ १५ गते सम्पन्न भएको छ । अधिवेशनले चुन बहादुर रसाइली सभापति, दाल गिरी उपसभापति, ज्ञानिन्द्र विक सचिव, मोति प्रसाद रसाइली सहसचिव रहेको तमानखोला कार्यसमिति चयन गरेको छ ।
समितिका सदस्यहरुमा तारा कुमारी विक, लिलाराम कामी, ओमकला रसाइली, गेहेन्द्र छन्त्याल, मिम कुमारी सिर्पाली चयन हुनु भएको छ ।
निसीखोला गाउँपालिका :सभापतिमा शर्मा
निसीखोला गाउँपालिकामा रास्वपाले जेठ १६ गते प्रथम पालिका अधिवशेन सम्पन्न गरेको छ ।
अधिवेशनले टंक प्रसाद शर्मा सभापति, तेजेन्द्र कुँवर उपसभापति, निर्क बहादुर खत्री सचिव, अनिता विक सहसचिव र डिल बहादुर कुँवर कोषाध्यक्ष रहेको पालिका कार्यसमिति चयन गरेको छ ।
समितिका सदस्यहरुमा राजु श्रेष्ठ, हिरा बहादुर घर्ति, बालकराम रेग्मी र घनश्याम रेग्मी चयन हनुनु भएको छ ।
अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निरन चन्द तथा जिल्ला अधिवेशन प्रतिनिधिमा अमृत सापकोटा, रुद्रमणी रेग्मी र डिभिजन शाही चयन हुनु भएको छ ।
गलकोट नगरपालिका : सभापतिमा पुन
रास्वपा गलकोट नगरपालिकाको प्रथम अधिवेशन जेठ १७ गते आइतवार सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र बहादुर पुन सभापति रहेको पालिका कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापतिमा पदम बहादुर खत्री, सचिवमा देवेन्द्रसिंह बस्ने र सहसचविमा विश्वास भण्डारी चयन हुनुभ एको छ । कोषाध्यक्ष पछि चयन गरिने जनाइएको छ ।
समितिका सदस्यहरुमा टिका बहादुर केसी, तेजमाया मल्ल, सिता सुनार, अञ्जु शर्मा, सुशिला बोहोरा, कुसुम वि.क. मगर, प्रेम कुमार खरेल, सुकमान श्रीस र अमर बहादुर बस्नेत रहनु भएको छ ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा टेक बहादुर पुन र नारायणध्वज मल्ल, प्रदेश अधिवेशन प्रतिनिधिमा प्रकाश सुनुवार र कविराज मल्ल तथा जिल्ला अधिवेशन प्रतिनिधिमा जीवन खत्री, सन्तोष श्रीस, संगिता भण्डारी थापा र कृष्ण बहादुर नेपालीलाई चयन गरेको छ ।
