बागलुङ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्युएए प्राप्त एकमात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा अनुसन्धान, नवप्रवर्तन तथा उच्च शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले “उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रवर्तन” विषयक राष्ट्रिय गोष्ठी (National Seminar) आयोजना हुँदैछ ।
यहि मिति २०८३ ज्येष्ठ २२–२३ गते संचालन हुँदै छ । यस कार्यक्रम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले सञ्चालन हुनेछ ।
यस शैक्षिक महाकुम्भमा त्रिभुवन बिश्वविद्यालय, पोखरा बिश्वविद्यालय र गण्डकी बिश्वविद्यालयका गरि २६ क्याम्पसका ४८ जना प्राध्यापक तथा अनुसन्धानविद्ले समसामयिक विषयमा विशेष कार्यपत्र (Special Papers) प्रस्तुत गर्नेछन् । प्रस्तुत कार्यपत्रहरू उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन, दिगो विकास, सूचना, बिपद ब्यवस्थापन, वातावरण परिवर्तन, प्रविधि, सामाजिक रूपान्तरण तथा समकालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहने छ ।
कार्यक्रमले विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा नीति–निर्माताबीच ज्ञान आदान–प्रदान, अनुसन्धान सहकार्य तथा शैक्षिक नेटवर्क विस्तार गर्ने अवसर प्रदान गर्नेछ । धवलागिरी क्षेत्रमै पहिलो पटक यति ठूलो संख्यामा विद्वानहरूको सहभागितासहित आयोजना हुन लागेको यस गोष्ठीलाई “शैक्षिक महाकुम्भ” का रूपमा हेरिएको छ ।
धवलागिरी बहुमुखी क्याम्पसमा शैक्षिक महाकुम्भ : तीन विश्वविद्यालयका ४८ प्राध्यापकद्वारा विशेष कार्यपत्र प्रस्तुतिले धवलागिरी बहुमुखी क्याम्पस, बागलुङमा आयोजित राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा गण्डकी विश्वविद्यालयका ४८ जना प्राध्यापक तथा अनुसन्धानविद्हरूले समसामयिक विषयमा विशेष कार्यपत्र प्रस्तुतिले यश क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने हुने आयोजित उक्त कार्यक्रममा देशभरका शिक्षाविद्, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय फाइदा हुने अपेक्षा गरिएको अनुसन्धान ब्यवस्थापन समितिका सदस्य सरोज राज पन्तले जानकारी दिनुभएको छ ।
यसैगरी यहि १५ गतेदेखि २१ गतेसम्म कर्मचारीले क्षमता विकास तालिमको आयोजना पनि क्याम्पसले गरेको छ । यसैगरी, क्याम्पसले आफ्ना प्रशासनिक तथा गैर–शिक्षण कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले जेठ १५ गतेदेखि २१ गतेसम्म सातदिने क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
तालिममा कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, सूचना प्रविधि ए आइको प्रयोग, सेवा प्रवाह, नेतृत्व विकास तथा कार्यकुशलता अभिवृद्धिसम्बन्धी विषयहरू समेटिएका छन् ।
क्याम्पस प्रमुख सह प्राध्यापक डा. सुदर्शन सिलवालका अनुसार यी कार्यक्रमहरूले अनुसन्धान संस्कृति, नवप्रवर्तन तथा संस्थागत सुशासनलाई बलियो बनाउनुका साथै कर्मचारीहरूको क्षमता अभिवृद्धिमार्फत शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यस तालिममा केन्द्रीय र यस क्याम्पसका प्रशिक्षार्थीका २२ वटा विषयबस्तु समावेश गरिएको यस तालिममा २२ जना कर्मचारीको सक्रिय सहभागिता रहेको अनुसन्धान ब्यवस्थापन समिति सयोजक तथा क्याम्पस ब्यवस्थापन समिती अध्यक्ष प्राध्यापक डा. दिन बहादुर थापाले बताउनु भयो ।
