• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङद्वारा बाढीपीडितलाई १ लाख सहयोग

बागलुङ । मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङ नगरपालिका–१ रामरेखाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ १ लाख ८ सय २० रुपैयाँ सहयोग गरेका छन् ।

मगर भेजाले रसुवा, नुवाकोट, धादिङमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

समाजका पदाधिकारी, सदस्य र शुभेच्छुकहरुबाट संकलित रकम बाढी पीडितहरुको घाउमा थोरै भए पनि मलम बनोस् भन्ने हेतुले सहयोग प्रदान गरिएको मिनाम लाङ्घाली रेवस् मगर भेजाका सचिव घम घर्तिले जानकारी दिनुभयो ।

यस समाजले बागलुङ बजारमा विभिन्न समयमा देउसी भैलो, सांस्कृतिक कार्यक्रम, सामाजिक सेवा र परोपकारी कार्यमा सक्रियता र सहयोग जनाउँदै आएको छ ।