• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday

संविधान दिवसमा बिरामीलाई फलफूल वितरण

बागलुङ । बागलुङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । उच्च अदालत बार एशोसिएसन बागलुङको संयोजनमा बिहीबार धौलागिरी प्रादेशिक अस्पताल अस्पताल बागलुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको हो ।

संविधान दिवस मूल समारोह समितिले तीन दिनसम्म दिवश मनाउने निर्णय गरे अनुसार बारले फलफूल वितरण गरेको हो । सो अवसरमा मूल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु तय गरिएको बताएभयो ।

वि.सं. २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । कार्यक्रममा नागरिकको स्वास्थ्यको अधिकारलाई संविधानले सम्बोधन गरेकाले ती बिषयमा सरोकारवालाले कार्यान्वयनको क्षेत्र हेर्नुपर्ने बताउनुभयो ।

उच्च अदालत बार एशोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।