दसैं शुरुभएसंगै घरलाई रङ्गाउने काम शुरु भइसकेको छ । नेपालीहरुको महान पर्व बडा दसैँ शुरुभइसकेपछि गाउँ–गाउँमा घरलाई ऋङ्गार गर्न थालिएको छ । पछिल्लो समय ढलान र प्लाष्टर गरिएका घरमा रङ्गरोगनले घर सजाउन थालेपछि रातोमाटोको प्रयोग घट्दो छ । परम्परागत घर विस्थापित हुन थालेपछि रातोमाटो खन्ने परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
आधुनिक घर बनाउने होडबाजीका बीच परम्परागत घरमा दसैंमा रातोमाटोले लिप्ने परम्पारा धान्नका लागि मात्रै थोरैले रातोमाटो खोज्ने गरेका छन् ।
केही वर्ष पहिलेसम्म दसैँ आउँदा सेतो कमेरो, पहेलो माटो र रातो माटोले घर सजाउनका लागि महिलालाई महिनौ अगाडी देखि भ्याई–नभ्याई पछिल्लो समय परम्परा धान्नका लागि मात्र रातो खन्न गुग्ने गरेका छन् । कंङ्क्रिटका घरले परम्परागत घरहरु विस्थापित हुने क्रम जारी रहेपछि परम्परा धान्नका लागि दसैंको मुखमा रातो माटो खनेर लैजाने गरेको स्थानीय बताउछन् ।
परम्परागत घरमा भने प्रत्यक दशैंमा घर चोख्याउने परम्पराका लागि रातो माटो खन्नका लागि बागलुङ नगरपालिका–३ खहरेमा आउनुभएको काठेखोलाको तंग्राम निवासी ४० वर्षीय सुनिता थापाले बताउनुभयो ।
कतिपयले घरको पिढी र बाहिरी भित्तामा पलाष्टर गरेपनि भित्री भागमा भने रातो माटोले लिप्नेहरुका कारण माटो खनिएका पुराना खाल्डाहरुमा यतिबेला पुनः दशैंँको रौनकता छाएको छ ।
घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन्, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनु पर्छ भन्ने मान्यताका कारण अझै पनि रातोमाटो खोज्दै महिलाहरु माटोका खाल्डामा पुग्ने गरेका छन् ।
बागलुङ नगरपालिका–३ को मध्यपहाडी लोकमार्ग छेउमै रातोमाटो खन्दै आउनुभएको भिमापोखरा निवासी भुमा परियार घर चोखो बनाउनको लागि माटो लिन आएको बताउनुहुन्छ । शहर बजार बस्नेहरु समेत दशैंमा गाउँको घर सजाउन रातो माटो खन्नका लागि खहरेको खाल्टोमा आउने गरेका छन् । उहाँसँगै खहरेको माटोको खाल्डोमा माटो खन्दै गर्दा भेटिएका अन्य महिलाले पनि दसैँमा घर पोत्न र चोख्याउनका लागि माटो खन्न आएका बताउनुहुन्छ । गाउँ–गाउँमा परमपरागतघरहरु विस्थापित हुनेक्रम जारी रहेपनि भएका घरहरु दशैंमा रातोमाटो, कमेरो र पहेलोमाटोले घर लिपपोत गर्ने परम्परा अझै जिवित छ ।