बागलुङ । जीर्ण भवनबाट सेवा दिदै आएको धौलागिरी बहुमुखी क्याम्पसले नयाँ भवन निर्माण थालेको छ । बिबिए कार्यक्रम संचालन भएको दशक पुग्न लाग्दापनि पुरानो र जीर्ण भवनमा सञ्चालन भइरहेको छ ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्च स्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन मिर्नाण थालिएको छ । बिबिए, बिज्ञान र बिआइसिटी कार्यक्रमकालागि उक्त भवनको उपयोग गरिने छ । साथै अत्याधुनिक सभाहल पनि सोही भवनमा बनाइने भएको छ ।
त्रिभूवन विश्व विद्यालय र विश्व विद्यालय अनुदान आयोगको सहमति पछि नेपालका ४ वटा क्याम्पसमा यस्तो भवन निर्माण हुँदैछ । रु.एक करोड ७२ लाखको लागतमामा थालिएको भवनको रु. १ करोड २८ लाखमा ठेक्का लगाएर निर्माणको काम थालिएको क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले जानकारी दिनुभयो ।
आगामी चैत मसान्त सम्ममा यो भवन बनिसक्ने गरी खुसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । हाल धौलागिरी बहुमुखी क्याम्पसमा संचालित बिबिए कार्यक्रम नेपाल भरमै उत्कृष्ट छ । त्रिभुवन विश्व विद्यालयमा धौलागिरी क्याम्पसबाटै सर्वोकृष्ठ अंक सहित बिद्यार्थीहरु उत्तिर्ण भएका छन् ।
चालु शैक्षिक बर्षदेखि क्याम्पसमा बिआइसिटी कार्यक्रम पनि संचालन हुँदैछ । त्यसकालागि ९० जना बिद्यार्थीले आवेदन दिइसकेको सिलवालले जानकारी दिनुभयो । यो भवनमा अत्याधुनिक ल्याब समेत बनाइने छ । उक्त ल्याब बिज्ञान, बिआइसिटी र बिबिए समेतकोलागि उपयोगी हुनेछ ।
विश्व विद्यालय अनुदान आयोगले पोखरा स्थित पृथ्वीनारायण क्याम्पस, नसिंङ क्याम्पस लगायतको भवन पनि बन्ने छ । हाल धौलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापन र बिज्ञान संकाय तर्फ आर्कषण बढेको छ ।