बागलुङ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।
निर्वाचन क्षेत्र समन्वय कमिटिले बिहीवार शुरु गरेको प्रतिनिधि छनोट प्रक्रिया अन्तरगत कार्यदल बनाएर जिम्मेवारी दिइएकोमा कार्यदलले शुक्रवार साँझ सर्वसम्मत ७ जनालाई प्रतिनिधि चयन गरेको हो ।
बागलुङ क्षेत्र नं. १ बाट खुल्लातर्फ जिल्ला अध्यक्ष हिरा बहादुर केसी, सचिव गणेश बहादुर थापा र प्रदेश कमिटि सदस्य लाल बहादुर थापा, युवा तर्फ सिर्जना पन्त, महिलातर्फ प्रदेश कमिटि सदस्य ममतादेवी शर्मा र जिल्ला सचिवालय सदस्य सरस्वती खड्का परियार तथा दलिततर्फ जिल्ला उपसचिव धन बहादुर परियार चयन भएको एमालेले जनाएको छ ।
बागलुङ क्षेत्र नं. २ बाट ४ जना छनोट भइसकेका छन् । दुवै क्षेत्रबाट ११ जना भुगोलबाट, ८ जना केन्द्रीय सदस्य स्वत प्रतिनिधि चयन भएसंगै १९ जना प्रतिनिधि बागलुङबाट महाधिवेशनमा सहभागी हुने भएका छन् ।
