• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

जिल्ला स्तरीय अन्तर मावि छात्रा फुटबल सुरु

  • २०८२ मंसिर १८, बिहीबार

म्याग्दी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा दोश्रो लायन्स कप अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार औपचारीक उद्घाटन भएको छ ।

छात्रा फुटबलको उद्घाटन गर्दै प्रतिनिधिसभाका पूर्व सदस्य खमबहादुर गर्बुजाले फुटबलका खेलाडीको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हने बताउँदै खेलकुद क्षेत्रका विकासको लागि सधै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समारोहमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, लायन्स क्लव अफ अन्तराष्ट्रि«य ३२५ आईका निर्वतमान गर्भनर चन्द्रकुमार केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतको उपश्थिति रहेको थियो । लायन्स कप फुटबल प्रतियोगिताको औपचारीक उद्घाटन बुधबार भए पनि पहिलो खेल बिहिबार विहान न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय र म्याग्दी एकेडमी सिंगा बिच हुने छ ।

प्रतियागितामा विजेताले ४० हजार, उपविजेता २५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपियाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

प्रथम लायन्स कपमा सहभागि छात्रा फुटबलरले गण्डकी प्रदेशका विभिन्न क्लवबाट राष्ट्रि«यस्तरको खेलमा समेत सहभागिता जनाएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष ओमप्रसाद शर्माले बताउनुभयो । लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । प्रतियोगितामा जिल्ला भित्रका १० विद्यालयकाका छात्राहरुको सहभागिता रहेको छ ।

  • २०८२ मंसिर १८, बिहीबार