बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुगमन गरको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा राम प्रसाद उपाध्यायको नेतृत्वमा बागलुङ नगरपालिकाको कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी कार्यालय र पत्रकारको रोहबरमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनमा नगपालिकाका अधिकृत सरस्वती रेग्मी, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।
बागलुङ बजारको धौलागिरी कँडेल प्लाष्टिक, झुलेनी दूध डेरी, सगुन बर्दश, आरके ट्रेडर्स र मनसुन दालमोट उद्योगमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा धौलागिरी कँडेल प्लाष्टिकमा मिति गुज्रेको ११ बट्टा घ्यू, झुलेनी दूध डेरीबाट मिति गुज्रेको पाँच बोतल कोकाकोला र आरके टे«डर्सबाट बेसन पाउडर बरामद गरी नष्ट गरिएको छ । व्यवसायीहरुलाई सचेत गराउनका लागि अनुगमन गरिएको बताउदै जिल्ला प्रशासनले आगमी दिनमा मिति गुज्रेका अखाद्य बस्तु बिक्रि गर्नेलाई कार्वाही गर्ने बताउनुभयो ।
