बागलुङ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बागलुङ शाखाले स्वास्थ्य चौकी र विद्यालयलाई युरोगार्ड र स्मार्ट टिभी सहयोग गरको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बागलुङ शाखाका प्रबन्धक उपेन्द्र गौतमले सामाजिक उत्तरदायिव अन्तर्गत बागलुङ नगरपालिका–८ को सिगाना स्वास्थ्य चौकीकी प्रमुख शारदा सुवेदी आचार्यलाई मंगलबार युरोगार्ड (पानी शुद्ध गर्ने मेसिन) हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रम बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष छमबहादुर कार्की र शाखा प्रबन्धक उपेन्द्र गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष छमबहादुर कार्कीको अध्यक्षता र सिगाना स्वास्थ्य चौकीकी प्रमुख शारदा सुवेदी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
शाखाले सिगनानाकै ज्ञानकुञ्ज प्राथमिक विद्यालयलाई स्मार्ट टिभी सहयोग गरेको छ । शाखाका प्रबन्धक उपेन्द्र गौतमले ज्ञानकुञ्ज प्राथमिक विद्यालयको प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई स्मार्ट टिभी हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष छमबहादुर कार्की, शाखाका प्रबन्धक उपेन्द्र गौतम, प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, सिगाना माविको पूर्वप्रधानाध्यापक गोपाल कुमार शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम ज्ञानकुञ्ज प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर खड्काको अध्यक्षता र शिक्षक छम कुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
