बागलुङ । बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद आचार्य आउनु हुने भएको छ ।
गृह मन्त्रालयले उपसचिव आचार्यलाई बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको हो ।
सहसचिवको दरबन्दीमा सहसचिवलाई नै पठाउने भनिएसँगै बढुवा सिफारिस भइसकेका आचार्यलाई बागलुङमा खटाइएको हो ।
आचार्य सहसचिवमा बढुवा सिफारिस भइसकेका कर्मचारी हुनुहुन्छ । ३५ दिने अवधि पूरा नहुँदा उनीहरूले हालसम्म औपचारिक रूपमा नियुक्ति लिन बाँकी रहेको छ ।
