• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

साझेदारी सहकारीको १८औँ साधारणसभा सम्पन्न

बागलुङ । साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सहकारीले सदस्यका हितका लागि काम गर्नु पर्ने बताउनु भएको थियो । उहाँले सहकारीले सहकारीको नीति र सिद्धान्तभन्दा बाहिर गएर गैरसदस्यसँग कारोबार गर्दा समस्या बढिरहेको भन्दै यसको नियमन जरुरी रहेको बताउनु भएको थियो ।

सो अवसरमा बागलुङ जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष तथा सहकारी अभियन्ता चण्डी प्रसाद शर्मा, कमरर्शियल बहुउद्देश्यीय सहकारीका अध्यक्ष हिरामणि सुवेदी, साझेदारी बहुउद्देश्यीय सहकारीका निर्वतमान अध्यक्ष हरिप्रसाद गौतमले बोल्नु भएको थियो ।

साधारण सभाले सहसचिव श्रीकृष्ण पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश राज लम्सालको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक मनोज राज शर्माको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले रिक्त रहेको सचिव पदमा कोषाध्यक्ष गणेश राज लम्साललाई, कोषाध्यक्षमा बाबुराम शर्मालाई, सदस्यमा सृजना शर्मा रिजाललाई चयन गरेको छ ।

कार्यक्रम साझेदारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष चुडामणि आचार्यको स्वागत र सहसचिव श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।