बागलुङ । शंखधर बहुमुखी सहकारीको संस्था लिमिटेडको २३औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन शंखधर बहुमुखी सहकारीका संरक्षक परशुराम श्रेष्ठले गर्नु भएको थियो ।
साधारण सभामा शंखधर बहुमुखी सहकारीका पूर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभाले सचिव युक्तजंग राजभण्डारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक निरज शाक्यको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य, विद्यार्थी र दुइ हजार कित्ता सेयर पुर्याएका सदस्यलाई सम्मान गरिएको थियो । साधारणसभा शंखधर बहुमुखी सहकारीका अध्यक्ष रतन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठको स्वागत र सचिव युक्त जंग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
