• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ कालिका गुठी व्यवस्थापन समितिका नयाँ पदाधिकारीको पदस्थापन

बागलुङ  ।   बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ । गत भदौमा नियुक्त भए पनि प्राविधिक कारणले उहाँ अध्यक्षको पदभार अहिले सम्म  ग्रहण गर्नुभएको थिएन ।   गुठी संस्थानमा नेतृत्व अभावमा नियुक्त भएर पनि कामको जिम्मेवारी लिन ढीला भएकोमा गत माघ २ गते जिम्मेवारी आएपछि पदभार ग्रहण गरेको खड्काले बताउनुभयो ।

हरेक ४ वर्षमा गुठीको अध्यक्षसहित समितिको हेरफेर हुन्छ ।  प्रसिद्व बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भइसकेपछि गत भदौमा बागलुङ नगरपालिका –१ ले संस्थानमा पत्र पठाएको थियो । संस्थानको स्विकृतिपछि अध्यक्षसहित पदाधिकारी बन्ने प्रावधान छ ।

वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्रअनुसार समिति गठन भइ सिफारिस भएअनुसारका पदाधिकारीले बुधबार कालिका मन्दिर प्रवेश गरी पूजा गर्नुभएको थियो ।  पदभार ग्रहणपछि खड्काले मन्दिर व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने, सटरमा बेचिने सामाग्रीको अनिवार्य मूल्यसूची राख्ने र आम उपभोक्तालाई सहज व्यवस्थापन गराउने प्रतिवद्दता जनाउनुभयो । समितिको सचिवमा सचिन खड्का, कोषाध्यक्षमा अर्जुन खड्का, सदस्यहरुमा धुर्व खड्का, मनोज खड्का, भूपेन्द्र खड्का र शिव खड्का चयन हुनुभएको छ ।