• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

महागठबन्धनसंग जुधेकी हुँ, यसपटक जित सुनिश्चित छ : मञ्जु चालिसे

  • २०८२ माघ ८, बिहीबार

बागलुङ ।  नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मञ्जु शर्मा चालिसे फागुन २१ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दावी गर्नु भएको छ ।

आदर्शसञ्चार डटकमसंग चुनावी अभियानका बारेमा कुरा गर्दै चालिसेले क्षेत्र नं. २ का मतदातासहित आम जनताले यसपटक आफ्नै भुगोलकी चेलीलाई संसदमा पठाउनुहुन्छ भन्नेमा आफु ढुक्क भएको बताउनुभयो । बागलुङको क्षेत्र नं. २ का मतदाताहरुले यस पटक मलाई जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु, भुगोलमा बसेर लामो समयदेखि राजनीतिक तथा सामाजिक क्रियाकलापमा सक्रिय रहेको, महिला लगायत पछि परेको क्षेत्र र जनताका बीचमा रहेर काम गरेको कारण पनि मलाई मतदान गर्नुहुन्छ, भन्नेमा ढुक्क छु चालिसेले भन्नुभयो,–‘२०७९ को निर्वाचनमा महागठबन्धनका उम्मेदवारसंग भिडेको अनुभव छ, यसपटक मेरो जित सुनिश्चित नै छ ।’

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा सहितको ५ दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले २४ हजार ७९४ मत ल्याएर विजयी हुदा एमालेका तर्फबाट उम्मेदवार बनेकी मञ्जुले २० हजार १९३ मत प्राप्त गर्नु भएको थियो । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले २ हजार ३२७ मत ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनमा ५ दल मिल्दा जम्मा ४ हजार मतको फरक थियो, यस पटक सबै छुट्टा छुट्टै मैदानमा छौ, एक्ला एक्लै प्रतिस्पर्धा गर्दा एमालेको जित हुने कुरामा कुनै समस्या नरहेको चालिसेको दावी छ । भौगोलिक रुपमा पछि परेको बागलुङको पश्चिम भेगलाई राष्ट्रिय राजनीतिमा जोड्न तथा आर्थिक विकास, सामाजिक रुपान्तरण गर्न, रोजगारी सिर्जना देखि पर्यटन प्रवद्र्धन, शिक्षा स्वास्थ्यका क्षेत्रमा आवाज बुलन्द गर्ने प्रतिवद्धता उहाँले गर्नु भएको छ ।

  • २०८२ माघ ८, बिहीबार