• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

हिरा केसी जिताउन रायडाँडामा निर्वाचन परिचालन कमिटी

बागलुङ । नेकपा एमालेका उम्मेदवार हिरा केसीलाई विजयी बनाउन बागलुङ नगरपालिका वडा नम्बर ११ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १का उम्मेदवार केसीसँगै समानुपातिक मत समेत नेकपा एमालेको पक्षमा पार्नका लागि वडा कमिटी अध्यक्ष चिरञ्जिवी केसीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

बिहीबार नेकपा एमालेका निर्वतमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, पार्टी सचिव गणेश थापा, सचिवालय सदस्य सुनिता विक, रामबहादुर केसी, रेशम गौतम, नविन केसी र दलबहादुर थापाको विषेश उपस्थितीमा बसेको वडा कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्ने, सम्पर्क कार्यालय स्थापना गर्ने र मत सर्वेक्षण गर्दै निर्वाचनको परिणाम एमालेको पक्षमा पार्ने निर्णय गरेको हो ।

थप सल्लाह र विमर्षका लागि ओमबहादुर केसी, नविन केसी र दलबहादुर थापा रहेको सल्लाहकार समिती गठन गरिएको छ ।