• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

पालिकाबासीको आर्शिवाद लिदै एमाले उम्मेदवार केसी

बागलुङ । २०४६ सालको परिवर्तनताका भीमसेन माध्यमिक विद्यालय बिहुँमा अध्ययन गर्न छिरेका हिरा बहादुर केसीलाई त्यही विद्यालयका शिक्षक, विद्यार्थी र अगुवा विद्यार्थी नेताहरुले राजनीतिमा लाग्न हौसाए, पे्ररणा दिए ।

पढाईमा अब्बल, बोल्नमा प्रष्ट र सामाजिक कार्यमा सक्रिय केसी तत्कालिन अनेरास्ववियू पाचौमा आवद्ध हुनु भयो । भीमसेन मावि बिहँु, अनेरास्ववियू पाँचौका विद्यार्थी उत्पादन गर्ने स्थलका रुपमा परिचित छ ।

त्यही विद्यालयबाट विद्यार्थी राजनीतिको आरम्भ गरेका केसी धौलागिरी बहुमुखी क्याम्पसमा पुगेपछि स्वतन्त्र विद्यार्थी यूनियनको सभापति बन्न सफल हुनु भयो । विद्यार्थी राजनीति, स्ववियू सभापति, युवा संघको राजनीति हँुदै पार्टी राजनीतिमा साढे ३ दशकदेखि निरन्तर क्रियाशिल युवा नेता केसीलाई काठेखोलाका जनजनले चिन्दछन् । काठेखोला गाँउपालिकाको केन्द्रका रुपमा रहेको भीमसेन माविमा पढेका केसीको राजनीतिक यात्रा लगायत संघर्षशिल जीवनलाई त्यो बेलाका विद्यार्थी सहित उनीहरुका परिवार लगायत काठेखोलाबासीले नजिकबाट नियाली रहेका छन् ।

त्यतिबेला विद्यार्थी राजनीति सुरु गरेका केसी यतिबेला नेकपा एमालेको तर्फबाट पश्चिम बागलुङ (क्षेत्र नं. १) का उम्मेदवार बन्नु भएको छ । संघीय संरचनापछि काठेखोला गाउँपालिका बन्यो, त्यही गाउँपालिकाका बासिन्दा केसीले आज माघ १९ गते सोमबारदेखि आफ्नै पालिकाका मतदातासंग आर्शिवाद माग्न थाल्नु भएको छ । मतदाताहरुसंग केसीले आफु मत माग्ने भन्दा पनि आर्शिवाद लिन आएको बताउनुभयो । ‘म आर्शिवाद लिन आएको छु, हजुरहरुले मत दिने कुरा छदैछ, छर छिमेक लगायत अन्यत्र भएका आफन्तजनहरुलाई पनि यसपटक हिरालाई मत दिने हो भन्ने सन्देश दिनु होला’ केसीले अनुरोध गर्नु भएको छ ।

माघ ६ गते उम्मेदवारी दर्ता गराएका केसीले माघ ११ गते बागलुङ नगरपालिकाका संस्थापक नगर प्रमुख ऋषिराम शर्माको घरबाट चुनावी भेटघाट कार्यक्रम सुरु गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाका वडा नं. १, ३, ५ र ६ मा मतदाता भेटेका केसीले नगरपालिकाको अभियान पुनः सञ्चालन गर्ने गरी माघ १९ गतेदेखि आफ्नो पालिकामा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटि सदस्य तथा निर्वाचन परिचालन कमिटि काठेखोलाका संयोजक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

काठेखोला वडा नं. ३ धम्जा निवासी केसीले काठेखोला वडा नं. १ पालाबाट आफ्नो पालिकाका मतदातासँग भेटघाट गरेर आर्शिवाद लिनुका साथै चुनावमा मतदानका लागि साथ सहयोग गर्न अपिल गर्नु भएको हो ।

यही माटोले हुर्कायो, बढायो, पढायो, राजनीतिमा क्रियाशिल बनायो, सामाजिक कार्यमा लाग्न प्रेरणा दियो, यही माटोले अब मुलुकको कानुन बनाउने ठाउँमा पु¥याउने छ भन्नेमा विश्वस्त छु, एमाले उम्मेदवार केसीले भन्नुभयो,–‘२ पटकको चुनाव हारेको छु, यसपटक बागलुङ क्षेत्र नं. १ का जनताले न्याय गर्नु हुन्छ भन्नेमा ढुक्क छु ।’ मतदाताहरुले उत्साहका साथ शुभकामना दिएको टोलीमा सहभागी एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

पालाका विभिन्न ठाउँमा पुगेर मतदाताहरुसँग संवाद गरेपछि उम्मेदवार केसी उत्साहित देखिनु भएको छ, एमाले जिल्ला सदस्य प्रेम बहादुर केसीले भन्नुभयो,–‘मतदाताहरुले लामो समय राजनीति गरेर पनि जिम्मेवारी नपाएको, पटक पटक निर्वाचनमा पराजित भएकाले पनि यस पटक साथ दिने बताउनु भएको छ ।’ पालामा निर्वाचन परिचालनका लागि एमालेले पूर्व जिल्ला कमिटि सदस्य गोविन्द बहादुर खड्काको संयोजकत्वमा वडा कमिटिका अध्यक्ष विष्णु खड्का सदस्य सचिव रहेको कमिटि गठन गरेको छ ।

काठेखोलामा एमालेको तर्फबाट चुनावी कमाण्डर बनेका अमर बहादुर थापाको संयोजकत्वमा काठेखोला वडा नं. १ पालाबाट शुरु भएको अभियान पालिकाका सबै वडामा निरन्तर संचालन हँुदैछ ।