• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङका दुई हजार तीन सय किशोरीलाई एचपीभी खोप

  • २०८२ माघ २६, सोमबार

बागलुङ । बागलुङमा छ कक्षामा अध्ययनरत किरोशीलाई एचपीभी खोप लगाउने तयारी थालिएको छ ।
गत वर्ष ११ हजार १७७ किशोरीलाई एचपिभी खोप लगाइएकोमा यस वर्ष कक्षा छ मा अध्ययनरत किरोशरीलाई खोप लगाउने तयारी भएको हो । जिल्लाका २ हजार ३ सय २ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन तयारी थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

आगामी १ देखि १५ फागुनसम्म जिल्लाका २२० विद्यालयमा अध्ययन गर्ने २ हजार २९१ र विद्यालयभन्दा बाहिरका ११ जना किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने खोप सुरपभाइजर राखु खत्रीले जानकारी दिनुभयो ।
विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइने खत्रीको भनाई छ । एचपिभी खोप दोस्रो वर्षमा ६ कक्षाका किशोरीलाई लगाइने तयारी अन्र्तगत अभिमुखीकरण कार्यक्रम थालिएको बताउनुभयो । खत्रीका अनुसार निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइनेछ ।

अघिल्लो वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १०–१४ वर्षका ११ हजार १७७ जनालाई खोप लगाइएको थियो । जुन खोप ९८ प्रतिशत किशोरीको पहुँचमा पुगेको थियो । गत वर्ष अभियानका रूपमा लगाइएको खोप यस वर्ष नियमित तरिकाले लगाउन सुरु गरिएको खत्रीले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष ६–१० कक्षामा अध्ययन गर्ने र १०–१४ वर्षका किशोरीलाई खोप लगाएकोमा यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने र विद्यालयबाहिरका १० वर्षका किशोरीलाई खोप दिइने खत्रीले बताउनुभयो । विद्यालयबाहिर रहेका अपाङ्गता तथा अन्य कारणबाट विद्यालय जान नसकेका किशोरी ११ जनाको पहिचान भएको र उनिहरुलाई खोप घरमै पुगेर दिइनेछ ।
१० स्थानीय तह रहेको बागलुङमा खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिन जिल्लाका क्रियाशिल पत्रकार तथा सरोकारवालासंग अन्तरक्रिर्या सम्पन्न भइसकेको छ । विद्यालयमा खोप लगाइनेछ भने छुटेका किशोरीलाई स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा वा घरमै पुगेर खोप लगाइनेछ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले एचपिभी खोप मुख्यतया पाठेघरको मुखको क्यान्सरबाट बच्न लगाइने गरेको बताउनुभयो । खोपले किशोरीको शरिरमा प्रतिरोधात्मक शक्ति बढाउदा भाइरस लाग्न नदिइ रोगबाट बचाउने भएकाले सबै किशोरीलाई खोप अनिवार्य भएको बताउनुभयो । उहाँले यौन सम्पर्कमा आउनुभन्दा पहिला खोप दिन सकेमा ८० प्रतिशत भन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सबाट बचाउने जानकारी दिनुभयो ।

जिल्ला स्थित खोप समन्य समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले दुर दराजका बालिकालाई समेत खोपको पहुँचमा ल्याउन खोप अभियानमा सबैको सहयोग चाहिने बताउनुभयो ।

  • २०८२ माघ २६, सोमबार