• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

ओदानडाँडामा शिवरात्री मेला हुने

  • २०८२ माघ २८, बुधबार

बागलुङ । काठेखोला काठेखोला गाउँपालिका–७, रेश दामगाडेमा अवस्थित ओदानेश्वर शिवालय मन्दिरमा यही फागुन ३ गते महाशिवरात्री पर्व श्रद्धा र भक्तिभावका साथ मनाइने भएको छ।

महाशिवरात्री पर्वका अवसरमा मन्दिर परिसरमा शिवलिङ्गको विशेष अभिषेक, पूजा–अर्चना तथा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिने तयारी भइरहेको छ।

विगतका वर्षहरूझैँ यस वर्ष पनि स्थानीयवासी, भक्तजन तथा टाढाटाढाबाट आउने श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको ओदानेश्वर शिवालयमा महाशिवरात्रीका दिन विधिपूर्वक पूजा–अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य एवं पूजा व्यवस्थापन समितिका संयोजक ताराप्रसाद गौतमले सो कार्यक्रमबारे जानकारी दिनुभएको हो।

यस अवसरमा मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई धर्म–पुण्य आर्जन गर्न अनुरोध गरेको छ।

  • २०८२ माघ २८, बुधबार