• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

नरेठाँटीमा रास्वपाको सम्पर्क कार्यालय : ‘सुशासन पहिलो प्राथमिकता’

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ क्षेत्र नं. २ अन्तरगतका वडाहरुमा चुनावी अभियान सञ्चालनका लागि वडास्तरीय सम्पर्क कार्यालय स्थापना गर्दै आएको छ । यसै क्रममा शनिवार गलकोट नगरपालिका वडा नं. २ नरेठाटीमा रास्वपाको सम्पर्क कार्यालयको शुभारम्भ गरिएको छ ।

सम्पर्क कार्यालयको शुभारम्भ गर्दै रास्वपाका बागलुङ क्षेत्र नं.२ का उम्मेदवार सोम शर्माले रास्वपाको मुख्य उद्देश्य देशमा सुशासन र विकास भएकाले सहयोगका लागि अपिल गर्नु भयो । मुलुकको समग्र विकासको पहिलो सर्त सुशासन हो, भ्रष्टाचारको अन्त्य गर्न सक्दा मुलुकको आर्थिक विकास हुने भएकाले सबै मिलेर मुलुकमा स्थिरता, शान्ति र विकास ल्याउनु पर्नेमा शर्माको जोड थियो ।

राजनीतिक दल विकास र समृद्धिको माध्यम हो, देशलाई सही बाटोमा हिडाउनका लागि सही नीति र नेतृत्व आवश्यक पर्ने भन्दै शर्माले वर्तमानमा रास्वपामा मात्रै मुलुक निर्माणको प्रमुख शक्ति भएको दावी गर्नु भयो । रास्वपाले गलेकाट नगरपालिकाका विभिन्न वडा र टोलहरुमा भेला, मतदातासंग भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।