• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङका ४६४ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

  • २०८२ फाल्गुन १४, बिहीबार

बागलुङ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने ४६४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ । तालिमसंगै नमूना मतदान अभ्यास समेत सम्पन्न भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा पालैपालो मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बुधबार र बिहीबार धौलागिरी बहुमुखी क्याम्पसमा तालिम सञ्चालन सम्पन्न गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीका अनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि निर्वाचन प्रशिक्षण तालिम आयोजना गरिएको हो ।
पहिलो दिन बागलुङ जिल्लाको क्षेत्र नम्बर एकमा पर्ने बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार बागलुङको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम गरिएको हुन्छ ।

जिल्लाको दस वटै स्थानीय तहमा खटिने ४६४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको हो । तालिममा मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रमुख कोष नियन्त्रका किशोर कुमार श्रेष्ठ, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, सहायक निर्वाचन अधिकारी पूर्ण प्रसाद शर्मा, क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत भिम प्रसाद सुवेदी र सहायक निर्वाचन अधिकृत ऋषिराम रिजाल सुरक्षा समितिका पदाधिकारी र स्रोत व्यक्तिले तालिममा प्रशिक्षण प्रदान गरेका हुन् ।

निर्वाचनका लागि बागलुङ जिल्लामा एक हजार ३९२ जना कर्मचारी खटाइएको छ । नियुक्ति भएर निर्वाचन तालिम पश्चात् फागुन १८ गतेभित्र निर्वाचन सामाग्रीसहित मतदान स्थल तर्फ कर्मचारीलाई पठाइने छ । बागलुङमा १०७ मतदान स्थल र २३२ मतदान केन्द्र रहेको छ ।

  • २०८२ फाल्गुन १४, बिहीबार