• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

काँग्रेसको तागत संगठन हो, सामाजिक सञ्जालमा होइन् मतदाताको घर–घर पुगौँ : गगन थापा

  • २०८२ फाल्गुन १५, शुक्रबार

बागलुङ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले काँग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएको बताउनुभएको छ । उहाँले संगठनको सहाराले कार्यकर्ता घर–घर पुग्नुपर्ने बताउनुभएको छ ।

समयमा निर्माण नसक्ने ठेकेदारलाई रुखमा झुण्डाएर हुन्न भन्दै उहाँले विभिन्न ४१ वटा कानूनका जटिलता हटाउन आवश्यक रहेको बताउनु भयो । बागलुङका जेन्जीहरुलाई धन्यवाद दिदैँ थापाले परिर्वतनको लडाईँ लडेका बागलुङका जेन्जीको संयमताले आन्दोलनमा ठूलो क्षति हुन नपाएको बतउँनुभयो ।

शुक्रबार बागलुङ बजारमा आयोजित काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेस सामाजिक संजालको तागतमा नभएर आफ्नै संगठनको तागतमा उभिएको बताउँदै जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ । ‘फेटा’मा सजिएका थापाले पुराना भिडियो काटेर जातिय सद्भाव खलबल्याउन खोज्नेहरुलाई जनताजितका मुद्दाका विषयमा सबैभन्दा बढी जानकार रहेको बताउनुभयो ।

थापाले अरुलाई सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, अराजक गतिविधि गर्ने, आक्षेप लगाउने समयमा कार्यकर्ताको घरमा पुग्ने र आफ्ना कुरा राख्न आव्हान गर्दै यो पाँच वर्षलाई खेर नफाल्न आम जनतामा अपिल गर्नुभएको छ । कांग्रेस एउटा संकल्प र प्रतिज्ञा गरेर आएको छ त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक रहेको बताउनुभयो ।

“हाम्रो मतदातालाई पहिला समाल्ने, २०८२ सालमा काँग्रेसलाई रुखमा भोट नहाल्ने एउटा पनि कारण सोध्ने, काँग्रेस सच्चिए, सुध्रिएको छ, भन्ने, बढो जोखिमपूर्ण ढंकले बनाइएको संविधान बचाउने र शहर तथा गाउँलाई जोड्नुपर्नेछ” थापाले भन्नुभयो “समाल्दै, सुधारर्दै र अघि बढ्दै जाने एकमात्र तागत नेपाली काँग्रेस मात्रै हो, मतदाताको बीचमा जानुहोस, खुलेर काँग्रेसको भिजन १० का बारेमा बुझाउनुहोस ।”

सभापित थापाले बागलुङका काँग्रेसका दुई उम्मेदवार भिम श्रीस र टेकराज पौडेललाई जनताले जिताएर हल गोरु बनाएर संसदमा पठाउन आग्रह गर्नुभयो । काँग्रेस युवाहरुको माग अनुसार रुपान्तरण भएको बताउदै युवाहरुको आकर्षण अब अनुभवी र बद्लिएको काँग्रेसमा देखिएको बताउनुभयो ।

थापाले कांग्रेसका सबै नेता–कार्यकर्ताहरूलाई मोवाईल र समाजिक सञ्जालमा मात्रै नभएर जनताको घरमा पुग्न गोडा चलाउनुपर्ने बताउनुभयो । रूपन्देही बुटवलमा आयोजीत चुनावी सभालाई सम्बोधन गरेर हेलिकप्टरमार्फत थापा बागलुङ आउनुभएको थियो ।

सभापति थापाले नेता–कार्यकर्ताहरूलाई घर–घर गएर काँग्रेसलाई भोट दिन नपर्ने कारण सोध्न थापाले आग्रह गर्नुभयो । “पाँच वर्ष मौका दिनुस्, देशलाई निराश बनाउँदैनौं भनेर बाँचा गछौं” थापाले भन्नुभयो । कार्यक्रममा बागलुङ क्षेत्र नम्बर एकका उम्मेदवार भिम श्रीसले बागलुङका जनताको मुद्दा संसदमा बुलन्द गर्ने बताउनुभएको छ ।

  • २०८२ फाल्गुन १५, शुक्रबार