• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

चुनावको मुखमा जनार्दनलाई धक्का : प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

  • २०८२ फाल्गुन १८, सोमबार

बागलुङ । जनार्दन शर्माका शारथीले पार्टी छोडेर पुरानै दलमा फर्केका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । जनार्दशन शर्माका सारथीका रुपमा रहेका शर्माले चुनावको मुखमा पार्टी छोडेर पुरानै दलमा फर्केका हुन् । बागलुङका शर्माले नेकपाका नेताहरु दिनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरेका थिए ।

तत्कालिन माओवादीबाट बिद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका शर्मा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । बाबुराम भट्टराई र जनार्दशन शर्माले माक्सबादी सिद्धान्त छोडेर समाजवादी आर्थिक कार्यकम समेत नबनाएको आरोप लगाउने शर्मा पुरानै घरमा फर्केको प्रतिकृया दिनुभयो ।

प्रलोपाले माक्र्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै पुन प्रवेश गरेको उहाँको भनाई छ । बागलुङका शर्मा भारतमा तत्कालिन नेकपा माओवादीको एकता समाजदेखि संगठन गरेका अनुभव रहेका नेता हुन् । यस्तै निसीखोला–१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील नेकपामा प्रवेश गरेका छन् ।

  • २०८२ फाल्गुन १८, सोमबार