• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

निर्वाचन सामाग्री सहित मतदानस्थलमा खटिए कर्मचारी र सुरक्षाकर्मी

  • २०८२ फाल्गुन १८, सोमबार

बागलुङ । बागलुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रमा पुगेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई वटै निर्वाचन क्षेत्रका १०७ मतदातस्थलमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ ।

बागलुङ बजारको मुख्य निर्वाचन कार्यालय र बागलुङको ढोरपाटन नगरपालिका–२ कुथाप्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्रसहितका ४९ निर्वाचन सामग्री बुझेर मतदान स्थलतर्फ खटाईको र त्यहाँ पुगेर सुचना टाँस गर्न लगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका प्रमुख सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई नियुक्ती पत्र सहित सुरक्षाकर्मीको टोलीसहित निर्वाचन सामाग्री एकसाथ पठाइएको हो । सोमबार साँझसम्म सबै मदनास्थलमा कर्मचारी पुगिसक्नुपर्ने प्रावधान अनुसार बागलुङको क्षेत्र नम्बर एकको ११५ मतदानकेन्द्र र क्षेत्र नम्बर दुई को ११५ केन्द्रका सबै मतदान अधिकृत ४९ वटा निर्वाचन सामाग्री बुझेर पठाइएको हो ।

बागलुङमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन् भने दुई अस्थायी मतदान केन्द्र रहेको छ । मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, मार्कर, मतदाता नामावली, छेकाबार लगायतका मतदानका दिन आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू मतदान अधिकृतलाई जिम्मा लगाएर पठाइएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

बागलुङमा एक हजार ३८० कर्मचारी निर्वाचनका लागि खटिएका छन् भने आवश्यक स्वयंंसेविका मतदानस्थलमै नियुक्ती गरिने छ । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

  • २०८२ फाल्गुन १८, सोमबार