बागलुङ । बागलुङमा उत्साहपूर्णढंगले मतदान भइरहेको छ । बिहान १० : ४५ बजेसम्म जिल्लाभर १५ प्रतिशत मतदान भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान नियमित भएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो कार्यालयले जनाएको छ । बागलुङका १ सय ३० मतदान केन्द्रबाट ९४ हजार ८ सय ६ जनापुरुष र ९८ हजार ५ सय ७४ महिला गरी १ लाख ९३ हजार ३ सय ८१ जनाले मतदानगर्न पाउनेछन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । बागलुङ कारागारमा ५५ मतदाता मध्ये ५३ जनाले मत खसालीसक्नुभएको छ ।
बागलुङ क्षेत्र नंं १ का कांग्रेस उमेदवार भीम श्रीषले जैमिनी १० को राङखानी माबि मतदान केन्द्रबाट एमाले उमेदवार हिराबहादुर केसीले लक्ष्मी माबि धम्जा, रास्वपाका सुशिल खड्काले बानपा ३ को कालिका कन्यामाबि र राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले बानपा १२ अमलाचौर स्थित पृथ्वी हिरण्य माबिबाट बत हलोका छन् ।
क्षेत्र नंं २ तर्फ नेपाली कांग्रेसका उमेदवार टेकराज पौडेलले निसीखोला गाउ“पालिका ४ को झिम्पा स्थित जनजिवराज शुसिला माबि मतदान केन्द्र, एमाले उमेदवार मञ्जु शर्माले गलकोट नगरपालिका ३ को हटिया माबिबाट, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ज्ञामनाथ गैरेले गलकोट नगरपालिका वडा नंं ६ को पार्वती माबिबाट मत हालेका छन् भने रास्वपाका सोम शर्माले भने आँफैलाई मतदानगर्न पाउने छैनन् । शर्माको मतदाना नामावली क्षेत्र नम्बर एकमा पर्दछ ।