• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा आएन खसेको मत विवरण, अन्योलमा मत गणना

  • २०८२ फाल्गुन २१, बिहीबार

बागलुङ । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतदान अधिकृतले खसेको मतको विवरण टिपाउन नसक्दा बागलुङमा खसेको मतको तथ्याङ्क आउन नसकेको हो ।

बागलुङमा निर्वाचन सम्पन्न भएको चार घण्टा वित्दा समेत जिल्लामा खसेको मतको तथ्याङ्क आउन नसक्नु दुखद् हो । मत खसेको विवरण आउन नसक्दा मत गणना समेत अन्योलमा देखिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँच बजे सबै मतदान सम्पन्न भएको जनाएपनि दुई क्षेत्रमा खसेको आधिकारिक मतको विषयमा जानकारी दिन नसकेको हो ।

मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले निर्वाचनमा खटिएका मतदान अधिकृतहरुले मतदान सम्पन्न पछिको विवरण नपिाईकन मतपेटिका बोकेर मतदानस्थलमा आउदा समस्या भएकोे स्विकार गर्नुभयो । उहाँले बागलुङ नगरपालिकाको मत पेटिका बुझिसकेको बताउदै सबै मतपेटिका नआउदा सम्म तथ्याङ्क भन्न नसक्ने जानकारी दिनुभयो ।

निर्वाचनमा खटिएमा मतदान अधिकृतले मतदान सम्पन्न पश्चात खसेको मतको विवरण कार्यालयमा जानकारी नगराईकन मत पेटिका मुचुल्का सहित संकलन गरेर कार्यालय तर्फ हिडेकाले समस्या भएको हो मतगणनाको विषयमा बागलुङमा अन्योल देखिएको छ ।

  • २०८२ फाल्गुन २१, बिहीबार