बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशिल खड्का जीतको नजिक पुग्नुभएको छ । शुरुवाती चरणबाटै मतान्तर बढाउदै लगेका खड्काले प्रतिस्प्रधि काँग्रेसका भीम श्रीसलाई ७ हजार ५९९ मतले पछाडि पार्नूभएको छ । १० हजार मत गन्न बाँकी रहदा खड्काले भारी मतान्तरले अग्रता लिएका कारण खड्का जित नजिक पुग्नुभएको छ ।
हाल सम्म गणना गरिएको जम्मा ३९ हजार ३४३ मतमा रास्वपाका खड्काले कांग्रेसका भिम श्रीसलाई ७ हजार ५९९ मतले पछाडि पार्नुभएको छ । खड्काले १६ हजार ६६६ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै नेपाली कांग्रेसका श्रीसले ९ हजार ६७ मत प्राप्त गर्नुभएको छ । यस्तै हिरा बहादुर केसीले ७ हजार ७४९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राजमोका कृष्ण अधिकारीले तीन हजार ५३७ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।